काठमाडौं। नेपालमा पेट्रोलको मूल्यमा बृद्धि भएको छ। नेपाल आयल निगमले पेट्रोलको माघ ५ गते सोमवार राति १२ बजेपछि लागू हुनेगरी मूल्यमा बृद्धि गरेको हो।

नेपाल आयल निगमले जनाएअनुसार, पेट्रोलको अलावा डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई रूपैयाँका दरले तीनै थरी इन्धनको मूल्य बढाइएको छ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल एक सय १० र डिजेल तथा मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ पर्नेछ। खाना पकाउने एलपी ग्यासमा भने भाउ बढाइएको छैन ।
प्रकाशन मिति–२०७७ साल माघ ५ गते सोमावार ।