–सनत कुमार थापा
बागमती तिमी धन्य रहेछौ तिमी सधै सलल बगि रहनु पर्ने
मानिसहरूले गरेका फोहर जति सबै तिमीले नै बोक्नु पर्ने !

फोहर यी बेमानी र कुलंघारहरूले गर्ने बदनाम तिम्रो हुने
तिम्रो नजिक पुग्दा मानिसहरू आफ्नो नाक थुनेर हिड्ने !

तिमी त सधै आफ्नो बाटोमा एकनासले सलल बगि रहने
कुलंघारहरूले लाजै नमानी भन्छन् यहाँ त कस्तो गन्हाउने !

फेरि यिन्लाई बागमती नभै नहुने मरेपछि किनारा मै जलाउने
धन्य छौ बागमती तिमी जस्ले जे गर्दा पनि चुपचाप रहि बस्ने !

यसैले होला ईमान्दार मानिसले पनि सधै दुष्टको हरकद सहेर बस्नु पर्ने
त्यो दुष्टलाई भो छाड्दिनुस भन्छन् साथि भाइ तपाई त भद्र मान्छे !

ऊ नै सधै अगाडि हुने भ्रष्टाचार गरेको पैसा नेताहरुलाई चन्दा दिने
पैसा जस्ले दियो त्यहि नै हुँदो रहेछ नेताहरूलाई सक्षम र कामलाग्ने !

अपराधीले छुट पाउने ईमान्दार ले सधै पिडामा बस्नु पर्ने
दुष्टलाई जति सहिदियो झन ऊ आफुलाई शक्तिशाली ठान्ने !


–धापाखेल, ललितपुर महानगरपालिका–२४, ललितपुर, नेपाल ।
प्रकाशन मिति–२०७७ साल भाद्र १४ गते आइतवार ।