Shyam Smrit Editor-Vision SansarDharahara 2–श्याम स्मृत
काठमाडौ । धरहरा विनाको काठमाडौ गजुर विनाको मन्दिर जस्तो भएको छ । सुन्धारा स्थित भीमसेन थापाले निर्माण गरेको नौतल्ले धरहरा वि.सं.२०७२ साल बैशाख १२ गते आएको विनाशकारी महाभूकम्पले ढलेपछि काठमाडौ बैरागी जस्तो देखिएको छ ।

सधुवाको सिंउदोबाट सिन्दूर एकाएक पुछिएको जस्तो भएको छ ।
काठमाडौको गौरब बनिरहेको धरहरा एकाएक यसरी ढल्ला जस्तो कसैलाई लागेको थिएन । वि.सं.१९९० साल माघ २ गते आएको महाभूकम्पमा पहिलो पल्ट ढलेपछि श्री ३ जुद्धशमशेरको पालामा पूर्नरनिर्माण पश्चात उचाँ बनेको धरहरा फेरि २०७२ सालको महाभूकम्पमा नराम्ररी ढलेपछि धरहराले आफूसहित सयौको ज्यान लिएर गएको छ।

पश्चिमतिरको मुश्लिम दाजुभाइले सेकुवा पोलेर जीविकाआर्जन गर्ने टहरालाई पनि ध्वंस्त बनाइदिएको छ । यही धरहरा खस्ने क्रममा कालिमाटी स्थित मिठाई सागरका राजेश श्रेष्ठको छोरा सिद्धार्थ श्रेष्ठ र उनकै सहोदर बहिनी प्रसिद्ध व्युटीसियन बिनु श्रेष्ठको एक मात्र छोरो सार्थक मालाकारको पनि ज्यान लिएको छ ।

विचरा नाताले मामाको छोरा र फुपुको छोरा सिद्धार्थ र सार्थक धरहराको बाटो हुंदै कालिमाटी फर्कने क्रममा हिंडिरहेका थिए । उनीहरुलाई के थाहा ? धरहराले भत्किएर त्यसरी ज्यान लेला भनेर ! कसैले नसोचेको अकल्पनिय विनाशकारी महाभूकम्पले सिद्धार्थ र सार्थक जस्ता हजारौ कर्णधारहरुको ज्यान लिएर गएको छ । मर्न कसलाई रहर हुन्छ र ? सार्थक र सिद्धार्थलाई पनि त्यसरी पटक्कै मर्ने रहर थिएन। कठोर मरन भयो–सार्थक र सिद्धार्थहरुको !

Dharahara 1

आज म धरहरानिर उभिएर धेरै सार्थक र सिद्धार्थहरु खोजे । पाउन सकिनँ ! मूर्दाजस्तो चकनाचूर बनेको धरहरा चुपचाप प्रकृतिको नियतिमा मर्नुपर्दाको पीडामा आफै छटपटाइरहेको आभाँस भयो । यस्तो नियति कसैको जिन्दगीमा पनि देख्न नपरोस् । यद्यपि,यस्ता नियतिले बारम्बार काठमाडौले भोगिरहेको छ । खुल्ला चौरको अभाव काठमाडौले भोगिरहेको छ ।

Dharahara 2उब्जाउ मलिलो माटो रहेको काठमाडौमा घरै–घर बनिनु र बनाउने होडबाजीले काठमाडौ बर्बाद भएको छ । धरहरा भन्दा अग्ला गगनचुम्बी भवन बनाउनेहरुको अस्वस्थ प्रतिस्पर्धाले काठमाडौ अत्यन्त असुरक्षित बनेको छ । काठमाडौमा दुई या अढाई तल्ले घरभन्दा बढीको घर बनाउन हुंदैन भन्ने ठूलो पाठ बैशाख १२ गतेको महाभूकम्पले सिकाएको छ ।

काठमाडौका गगनचुम्वी प्राय भवन चर्किएको छ । कतिपय त गल्र्याम्मगुर्लम्म ढलेर धेरैको ज्यान पनि लिएको छ । यस हिसावले धरहरा भन्दा पनि अग्ला भवन बनाउने अस्वस्थ प्रतिस्पर्धा गर्नेहरुले धरहराको शान राख्ने कोशिश अव गर्नु हुंदैन । नत्र महाभूकम्पहरुमा धरहराको नियति सवैले भोग्नुपर्ने हुन्छ ।
प्रकाशन मिति–२०७३ साल बैशाख ११ गते शनिवार ।