काठमाडौं। विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट विश्वभर अहिलेसम्म झण्डै दुई लाख मानिस संक्रमित भइसकेका छन्। जसमध्ये हालसम्म झण्डै १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

यसैबीच विभिन्न अनुसन्धानले धुम्रपान गर्ने व्यक्तिलाई कोरोना संक्रमण हुने जोखिम उच्च रहने देखाएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार धुम्रपान गर्ने व्यक्तिको फोक्सोको रोगसँग लड्ने क्षमता कम हुँदै गएको हुन्छ, जसका कारण त्यस्ता व्यक्तिलाई कोरोना संक्रमण हुने जोखिम उच्च हुन्छ।

त्यस्तै फोक्सोमा अन्य समस्या भएका व्यक्तिमा पनि कोरोना संक्रमण चाँडै हुने अध्ययनले देखाएको छ ।  अध्ययनले चीनमा कोरोना भाइरसबाट संक्रमित धुम्रपान गर्ने बिरामीको तुलनामा धुम्रपान नगर्ने बिरामी चाँडो रोगमुक्त भएको देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

त्यसकारण, तपाईहरुमध्ये कसैले धुम्रपान गर्नुहुन्छ भने, आजको दिनवाट धुम्रपानलाई त्याग्न हुन अनुरोध छ।
प्रकाशन मिति–२०७६ साल चैत ७ गते शुक्रवार ।