dhurmush-suntali-namuna-basti-1

काठमाडौ। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–८ स्थित गिरानचौरमा धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गरेको एकिकृत नमूना बस्तीको शुक्रबार हस्तान्तरण कार्यक्रम संपन्न भएको छ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी त्यहाँ पुगेर उक्त नमूना बस्ती स्थानिय भूकम्प पीडितहरुलाई हस्तान्तरण गरेकी थिइन्।

बस्तीको चावी हस्तान्तरण कार्यक्रममा राष्ट्रपति भण्डारीले धुर्मुस सुन्तली फाउण्डेसनले नमूना बस्ती निर्माण गर्नमा दिएको योगदानको मुक्त कण्ठले प्रशंशा गरिन् फाउण्डेसनको कार्यवाट नेपाल सरकारले पनि पाठ सिकेर एकिकृत बस्ती विकासको योजना अघि सार्नुपर्ने कुरामा जोड दिने कार्य राष्ट्रपति भण्डारीवाट भएको थियो।

गत २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्ले ध्वस्त बनाएको गिरानचौरका तामाङ्ग बस्ती एकिकृत रुपमा बनाउने उदघोष गरेर चर्चित हाँस्य कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले धुर्मुस–सुन्तली फाउण्डेसन गठन गरेर कार्य शुरु गरेका थिए। यो बर्षको बैशाख १२ गते नै बस्ती निर्माण शिलान्यास भएर तिब्र गत्तिमा कार्य प्रारम्भ भएको थियो। जुन कार्यअनुरुप ६ महिनामा नमूना बस्ती निर्माण भयो।

dhurmush-suntali-namuna-basti-2

यस नमूना बस्तीमा तीन ब्लकमा गरी ६३ व्यक्तिगत, एउटा सामुदायिक भवन र एउटा पाहुना घर निर्माण भएको छ। चार कोठाको दुई तले प्रत्येक घरमा शौचालय र धारा जडान गरिएको छ। बालउद्यान, पार्किङ, सडक, विद्युतको व्यवस्था गरिएको छ। निर्मित घरहरुको राष्ट्रपति भण्डारी, धुर्मुस (सिताराम कट्टेल) का बाबु आमा र सुन्तली (कुञ्जना घिमिरे) का बाबुआमाले चाबी हस्तान्तरण गरे। तीन ब्लकमा निर्मित बस्तीको एक–एक ब्लकको चाबी हस्तान्तरण गरिएको हो।

Dhurmush with Chamshuri Palpasa Dangol in Giranchaur Ekikrit Namuna Basti
Dhurmush with Chamshuri Palpasa Dangol in Giranchaur Ekikrit Namuna Basti

चाबी पाएपछि गिरानचौरबासीले भूकम्पपछिको दोस्रो तिहार आफ्नो घरमा मनाउने भएका छन्। चाबी हस्तान्तरण कार्यक्रममा मह–जोडी लगायत कलाकार कार्यक्रममा सहभागी थिए। आफ्नो लगानी बिना नै आकर्षक, पूर्वाधारयुक्त र सुविधा सम्पन्न बस्ती निर्माण भएपछि गिरानचौरबासी खुसी भएका छन्। उनीहरुले धुर्मुस सुन्तलीको अभियानले आफूहरुलाई ठूलो राहत पुगेको बताए।

MaHa jodi & many more Nepalese Artist in Giranchaur Ekikrit Namuna Basti
MaHa jodi & many more Nepalese Artist in Giranchaur Ekikrit Namuna Basti

बस्ती निर्माणमा पाँच करोड १३ लाख ८५ हजार एक सय रुपैयाँ खर्च भएको कार्यक्रममा जानकारी गराइएको थियो। अभियान सुरु गरेपछि व्यक्ति र संस्था मार्फत् छ करोड १७ लाख एक हजार एक सय ३९ रुपैयाँ सहयोग संकलन भएको फाउण्डेसनले जनाएको छ।
प्रकाशन मिति–२०७३ साल कात्तिक १२ गते शुक्रबार ।