कथा–


–सुनकुमार अवाल
एउटा गाउँले ठिटो हजारौं सपनाहरु पल्टो भरी साँचेर काठमाडौ शहर पस्छ। कुरो आजभन्दा ३०–३५ बर्ष अगाडि को हो । काठमाडौ शहर विजुली बत्तीको उज्यालो शहर देखेर छक्क मात्र होइन, तीन छक्क नै पर्छ। गाउँले ठिटो। गाउँले ठिटोको चाहना थियो– एउटा राम्रो कलाकार बनेर चर्चित बने !

शहरको ठाउँ नचिनेको मान्छे ! त्यो बिचरा गाउँले ठिटोलाई शहरमा कोठा पाउन गाह्रो भयो। कामको खोजीमा भौतारिदै हिड्न थाल्यो। समय बित्दै गयो। एक दिनको कुरा हो–गाउँले ठिटो काठमाडौंवाट भक्तपुरतिर ट्रलीबस जाने क्रममा उक्त बसमा एउटा पोस्टमा कला सबन्धी धेरै कुराहरु छापेको रहेछ। ट्रलीबसमा देखेको त्यो पोस्टरको दृश्यले गाउँले ठिटोको मनमा झन ठूलो उर्जा मिल्यो । अनि मन–मन बोल्न थल्यो–म पनि नेपालको एउटा ठूलो नाम चलेको कलाकार बन्छु भनेर बसबाट उत्रियो। साँझ आफ्नो कोठामा आए । र धेरै सोच्यो । मिरमिरेको उषाको पर्खाइमा! मिठो सपनाको पर्खाइमा सुत्यो ।

बिहानीको यात्रा सुरु भयो । उसंग मधुर, मुस्कान र मीठो बोलि गाउँले ठिटोको सम्पत्ति थियो । गाउँले ठिटो एउटा राम्रो कला केन्द्र्को खोजिमा हिड्यो। ढुङ्गा खोज्दा देबता मिल्ल्यो । गाउँले ठिटोले एउटा ज्यादै मिजासीलो साथी भेट्यो। त्यस दिन ऊ धेरै खुशी भयो । सहयोगी भावनाको साथीले दिन प्रतिदिन सहयोगका हातहरु अगाडि बढाउदै जान थाल्यो । गाउँले ठिटोले आफ्नो काम प्रति लगनशील र मेहनति हुँदै गयो। परिश्रमको फल मिठो हुन्छ भने झै,गाउँले ठिटोले बिस्तारै टिभीहरुमा हेरेर अरुले गरेका राम्रो अभिनयको सिको गर्दै गयो।

काम सुरु गर्न थाल्यो । उसको त्यो सानो पर्दाको फिल्मको सबै काम पूरा भयो र त्यो सानो पर्दाको फिल्म नेपाल टेलिभिजनमा आउन थाल्यो । त्यो गाउँले ठिटोले अभिनय गरेको पहिलो टेलिफिल्म राम्रो चल्यो । त्यसपछि त झन उसलाई धेरै काम गरेर नाम र दाम कमाउने सपना पूरा हुँदै गयो। एकपछि अर्को सफलता पूरा हुंदै जानथाल्यो। गाउँबाट आएको त्यो गाउँले ठिटो काठमाडौं शहरको रमझममा हराउने मान्छे, एउटा साथीको प्रेरणा र आफ्नो मेहनत र परिश्रमको कारणले गर्दा एउटा गाउँले ठिटो आज सबैको सामु एउटा ठूलो र राम्रो कलाकार भएको छ ।
आज ऊ सोच्ने गर्छ– आफ्नो घरको गगन–चुम्बी भवनको छ्तमा सोमरसको चुस्की लगाउदै म कति भाग्यामानी रहेछु। कुनै दिन खानको लागि पैसा नहुंदा कोठा खोज्दा नपाएका दिन सम्झदा मुटु कुटु कुटु खान्छ भन्दै खुशीले गद गद हुन्छ। मेहनत गरे के हुंदैन र यहाँ ! मरुभूमीमा पानीको मुहान भेटिन्छ । समुन्द्रमा मोति भेटिन्छ । यही खुशीमा रमाउदै आज गाउँले ठिटो कार चडेर हिंड्ने गरेको छ। ठूलो बङ्गलाको मालिक भाको छ । सबैले चिन्ने भएको छ।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७७ साल साउन ३१ गते शनिवार ।