काठमाडौं। काठमाडौं महानगरपालिकाका नव निर्वाचित मेयर बालेन्द्र साह विगत पाँच महिनादेखि राम्ररी निदाउन नसकेको खुलासा भएको छ। चुनावी सोच र खोजमा अत्यन्त व्यस्त साहले चुनावका लागि राम्ररी ननिदाएको खुलासा भएको हो।

मेयर साहले सोमवार राष्ट्रिय सभागृहमा मेयरको शपथ ग्रहण पश्चात सुन्धारा स्थित बागदरवारमा आयोजित पदवहाली गरेको लगतै आयोजित काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा मेयर साहले आफू पाँच महिनादेखि राम्ररी निदाउन नपाएको बताएका थिए।

यसो भनिरहदा लाइभ हेर्ने कतिपयले अव भने मेयर साह राम्ररी निदाउने दिने आयो भनेर खासखुस गरेको पनि पाइयो। अधिकांस वडा अध्यक्षहरु पुरानै अनुहारका बढी देखिएको कार्यपालिका बैठकमा नयाँ मेयर साहको अगाडि वडा नंबर १६ का वडा अध्यक्ष मुकुन्द रिजाल, वडा नंबर १७ का वडा अध्यक्ष नविन मानन्धरले कडक प्रश्न तेर्साएपछि महानगरका कार्यकारी अधिकृतलाई हम्मे हमे नै भएको थियो।

तिनको बचाउ भने, मेयर साहले सहज ढंगवाट गरेका थिए। मेयर साहभन्दा उपमेयर सुनिता डंगोल पनि कम देखिएनन्। उपमेयर डंगोलले पनि पूर्व मेयर विद्यासुन्दर शाक्यको कार्यकालमा सहायक विज्ञ भएर कार्य गरेको अनुभवले महानगरका सवै समस्यालाई सहज ढंगवाट अनि सरल तरीकाले समाधान गर्न सक्ने तर्क प्रस्तुत गरेका थिए।

प्रस्तावका रुपमा ल्याइएको काठमाडौं महानगरका होटल तथा रेष्टुरेन्टका शौचालयलाई महानगरले सार्वजनिक रुपमा प्रयोग गर्न सक्ने प्रस्ताव लगायत कतिपय प्रस्ताव पूर्वमेयर शाक्यकै पालाका प्रस्तुत भएका थिए । ती सवै प्रस्तावलाई सात दिनभित्र अनुमोदन गरेर कार्यन्वयन गर्ने संकल्प गरिएको छ।
प्रकाशन मिति–२०७९ साल जेठ १६ गते सोमवार ।