काठमाडौ। निःसहायहरुको लागि उत्कृष्ट सेवा प्रदान गदैआएको काठमाडौको बानेश्वर स्थित निःसहाय सेवा सदनका ४० बृद्ध–बृद्धाहरुलाई सामूहिक भोजन गराउने कार्य भएको छ।

लायन्स क्लव अफ काठमाडौ स्वनिगःको आयोजनामा उक्त सामूहिक भोजन कार्यक्रम भएको हो। आयोजक स्वनिगःकी सेकेण्ड भाइस प्रेसिडेन्ट कविता श्रेष्ठको श्रीमानको चौथो बार्षिक पुण्यतिथिको दिन सोमवार आयोजित कार्यक्रममा भोजन कार्यक्रम भएको हो।

दिनदुःखी निःसहायहरुको लागि स्थापित निःसहाय सेवा सदनमा यसरी आएर भोजन गराउन पाउंदा आत्मिक रुपमा सन्तुष्टि लागेको जानकारी पनि सेकेण्ड भाइस प्रेसिडेन्ट श्रेष्ठले भिजन संसारलाई दिएकी छन्।

कार्यक्रममा स्वनिगःका चार्टर प्रेसिडेन्ट ताराप्रसाद कसजु, फस्ट भाइस प्रेसिडेन्ट गेहेन्द्र गुरुवाचार्य लगायतको विशेष सहभागिता रहेको थियो।


प्रकाशन मिति–२०७५ साल असार १२ गते मंगलवार ।