Gyas silindarकाठमाडौ। नेपाल सरकारले एलपी ग्याँसको खरीद ढुवानीमा आदेश (पीडिओ) रोक्का गर्ने निणर्य गरेपछि ग्याँस व्यवसायी आन्दोलित बनेका छन्। सरकारले निर्णय नसच्याएमा ५ दिनपछि नेपालका संपूर्ण ग्याँस उद्योग बन्द गर्ने चेतावनी उद्योगीहरुले दिएका छन्।

नेपाल एलपी ग्याँस उद्योग संघको विहीवार बसेको बैठकले एलपी ग्याँसको पीडिओ रोक्का गर्ने निर्णय फिर्ता लिन सरकारलाई ५ दिने अल्टिमेटम दिएको छ। संघले विहीवार नै आपूर्ति मन्त्री गणेशमान पुनलाई अल्टिमेटम सहितको ज्ञापनपत्र पनि बुझाएको छ।

राष्ट्रिय उपभोक्ता हित परिषदको बुधवारको बैठकले एलपी ग्यास सिलिन्डर विस्फोटनबाट मानवीय क्षति भएको भन्दै पिडिओ रोक्का गनै नेपाल आयल निगमलाई निर्देशन दिने निर्णय गरेको थियो। सो निर्णय फिर्ता गर्न उद्योगीहरु लागिपरेका छन्।

कालिमाटी सुगम ग्यास र ललितपुरमा एलपी ग्यास विस्फोट हुनु भवितव्य हुने भएकाले उद्योगको कुनै गल्ती नरहेको संघको दाबी छ। सरकारले तोकिएको मापदण्डको अधिनमा रही आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्दै आएको जनाएका छन्।
प्रकाशन मिति–२०७३ साल असार ३ गते शुक्रबार।