Sushil Prajapati-UKलण्डन। बेलायतमा रहेका नेवारहरुको प्रसिद्ध साझा चौतारी पासा पुचः गुठी युकेको साउथ–इष्ट इकाइको छैठौ बार्षिक साधारण सभावाट सुशील प्रजापतिको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। लण्डनको प्लमस्टिडको व्हाइट हार्ट रोडस्थित साल्भेसन आर्मी हलमा भएको साधारण सभावाट अध्यक्षमा सुशील प्रजापति निर्वाचित बनेका हुन्।

Pasa Pucha UK१९ कार्यसमिति चयनमा उपाध्यक्षमा क्रमशः सचिन श्रेष्ठ, मदन श्रेष्ठ, माधवलाल श्रेष्ठ तथा महासचिवमा नगेन्द्र श्रेष्ठ रहेका छन्। यस्तै सचिवमा योगेन्द्र कर्माचार्य, साँस्कृतिक सचिवमा विनोद चिपालु र अशोक अवाल, कोध्षाध्यक्षमा बुद्धि श्रेष्ठ र सह–कोषाध्यक्षमा दुर्गा श्रेष्ठ रहेका छन् भने सदस्यहरुमा क्रमशः भिम लक्ष्मी शाक्य, सिना बैध्य, शिवराम श्रेष्ठ, सोनी श्रेष्ठ, प्रकाश महर्जन, भगवान श्रेष्ठ, विजय कुमार श्रेष्ठ, रिता श्रेष्ठ र निरपेश श्रेष्ठ रहेका छन्।

Pasa Pucha UK.1नेपाली कला संस्कृतिको संरक्षणका साथै नेपाल सम्बन्धि बिभिन्न गतिबिधि सञ्चालन गर्दै पासा पुचले युकेमा आफ्नो छुट्टै पहिचा बनाउन सफल रहेको अध्यक्ष प्रजापतिले बताए। बेलायतमा रहेका नेपालीहरुलाई कुनैपनि प्रकारका गाह्रो–साह्रो पर्दा पासा पुचः युकेले सहयोग गर्दैआएको कुरालाई स्मरण गर्दै आफ्नो कार्यकालमा थप नयाँ कार्य योजना ल्याउने तर्खरमा रहेको पनि नव–निर्वाचित अध्यक्ष प्रजापतिले भनेका छन्।
प्रकाशन मिति–२०७३ साल असार ६ गते सोमवार ।