काठमाडौं। निलम केसीको प्यासन नै डान्स हो। डान्समा नै लाइफ देखिएकी निलममा डान्स वाहेक खामा अरु केही चाहना छैन्। यसलेगर्दा नेपाली चलचित्रको इतिहासमा पहिलो खलनायिकाको इतिहास बनाइसक्दा पनि त्यसमा निलमको मन बस्न सकेको छैन्।

पचासको दशकमा प्रत्येक स्टेजहरुमा मनमोहक डान्स गरेर सवैको वाहवाही पाउंदै गरेको त्यो अवस्थामा चलचित्र आन्दोलनमा नायिका होइन, खलनायिका भएर खेलेको त्यो क्षण सोचेजस्तो नभएको भिजन संसार डटकमसंगको विशेष कुराकानीमा भनेकी छन्।

सोचेजस्तो कथाअनुसार पटकथा बलियो नभएपछि आधाभन्दा बढी छायाँकनमा नै फिल्म छाडेको त्यो तितो इतिहासमा उक्त चलचित्र आन्दोलनको डबिङ पनि आफूले नगरेको खुलासा गरेकी छन्। इतिहासले निलमलाई नेपाली चलचित्रको पहिलो खलनायिका बनाएतापनि त्यसपछि निलमले कुनैपनि स्वदेशी तथा विदेशी चलचित्रमा अभिनय गरेकी छैनन्।

आफूलाई खलनायिका तथा नायिका भनेर चिनाउनुभन्दा डान्सरको रुपमा नै चिनाउन चाहेकी भनेकी छन्। निकट भविष्यमा कुनै समयमा समयले साथ दिएमा विशेष डान्स एकल शो नै गर्ने निलमको मनैदेखिएको चाहना रहेको छ।


प्रकाशन मिति–२०७७ साल बैशाख २५ गते विहीवार ।