काठमाडौं। महामारी र विपदको अवस्थाको अन्त्यको आशा सहित नयाँ बर्ष २०७७ साल आजवाट शुभारम्भ भएको छ। वितेको २०७६ साल जति कठिन बनेर अन्त भएर वित्यो। त्यो बर्ष २०७६ जस्तो नहोस् भनेर सवैको नयाँ बर्षको शुभकामना रहेको छ।

यसै सन्दर्भमा नेपालको जेठो महानगरपालिका कठामाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरवासीलाई संवोधन गर्दै नयाँ बर्षको शुभकामना सन्देश जारी गरेका छन्। मेयर शाक्यले अरुबेला जस्तो यो बर्षको नयाँ बर्ष २०७७ सालमा वाहिर आएर धुमधामसंग नयाँ बर्ष नमनाइकन घरमै बसेर परिवारकासाथ रमाइलो गरेर विताउन अनुरोध गरेका छन्।

घरभित्रै सुरक्षित बनेर कोरोनाभाइरस जस्तो महोरोगलाई परास्त गर्नु र गराउनु अत्यन्त जरुरी रहेको भन्दै मेयर शाक्यले महानगरमा रहेका कोहीपनि नागरिक महानगरवाहिर नजान समेत आग्रह गरेका छन्। महानगरमा कहीकतै कसैलाई आपत परेमा टोल फ्री नंबर ११८० या महानगरवाट संचालित एम्बुलेन्स १०२ मा कल गरेर सेवा लिन पनि सकिन्छ भनेको छ। कोही भोका नहुन भनेर अत्यावश्यक राहत आवश्यक हुनेहरुले स्थानीय वडामा संपर्क गरेर लिन हुन पनि मेयर शाक्यले अनुरोध गरेका छन्।

त्यसैगरेर, विषम परिस्थितिमा महानगरवासीको स्वास्थ्यलाई मध्यनजर गरेर सरसफाईमा महानगर सचेत भएको र यसमा महानगर तल्लिन भएर लागिरहेको तथा किटनाशकजन्य औषधि छर्ने कार्य लगायतका कार्यमा निरन्तरता दिइरहेको जनाउंदै नआतिकन लकडाउनलाई पूर्ण पालना गरेर कोरोना संक्रमण विरुद्ध लडाई लड्न आवश्यक छ भनेर नयाँ बर्ष २०७७ सालको शुभकामना मेयर शाक्यले सवैलाई दिएका छन्।
प्रकाशन मिति–२०७७ साल बैशाख १ गते सोमवार ।