काठमाडौ। नेपालका पूर्वमन्त्री गोरेवहादुर खपाङ्गीको शनिवार ७० बर्षको उमेरमा निधन भएको छ। काठमाडौमो बाँसबारी स्थित न्यूरो अस्पतालमा खपाङ्गीको शनिवार राति १०.३० बजेतिर निधन भएको गोरेवहादुर खपाङ्गी फाउण्डेसनले जनाएको छ।

Gore Bahadur Khapangiवि.सं.२०५९ साल भदौ २२ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहको पालामा ८ महिनासम्म महिला तथा बालबालिका मन्त्री बनेका खपाङ्गी वि.सं.२०७० साल बैशाख १२ गते काठमाडौको राष्ट्रिय सभागृहमा भएको आदिवासी जनजाति चलचित्र महोत्सवमा सहभागी बन्न जाने क्रममा प्रदर्शनी मार्गमा दूर्घटनामा परेका थिए।

मोटरसाइकलले ठक्कर दिएपछि अर्धचेत बनेका खपाङ्गीको अन्नपूर्ण न्यूरो अस्पतालमा पहिलो शल्यक्रिया गरिएतापनि कुनै सुधार आएको थिएन। सिंगापुर लगेर थप उपचार पनि गरिएको थियो। दूर्घटना पछि खपाङ्गी बोल्न र चल्न नसक्ने भएका थिए। सोही क्रममा नै शनिवार उपचारकै क्रममा निधन भएको हो।

प्रकाशन मिति–२०७३ साल भदौ १२ गते आइतवार ।