Mr.Prem Sagar Karmacharya-Recorded Blood Donar of Nepal

काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदानमा अर्को रेकर्ड कायम गरेका छन्। १ सय ५२ औं पटकको रक्तदान गरेर कर्माचार्यले उक्त रेकर्ड कायम गरेका हुन।

आइतवार काठमाडौको ज्ञानेश्वर स्थित नारायण चौरमा महिला जागरण समूहव्दारा आयोजित रक्तदान कार्यक्रममा रेकर्डेट रक्तदाता कर्माचार्यले १ सय ५२ औं पटकको रक्तदान गरेको हो।

नेपालमा भैरहेको विद्यमान रगत र रक्ततत्वको अभावलाई न्यूनिकरण गर्न आपतकालिन रुपमा गरिएको रक्तदानमा रेकर्डेट रक्तदाता कर्माचार्य सहित सयौंले रक्तदान गरेको आयोजकले जनाएको छ।

रक्तदान कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ एभरेष्टका लायन अम्मर बहादुर श्रेष्ठले रेकर्डेट रक्तदाता कर्माचार्यलाई दोसल्ला ओढाएर विशेष सम्मान प्रदान गरिएको थियो। कार्यक्रमको सभापतित्व सहयोगी महिला जागरण समूहकी अध्यक्ष राधाकुमारी श्रेष्ठले गरेकी थिइन्।
प्रकाशन मिति–२०७४ साल मंसीर १९ गते मंगलवार ।