काठमाडौं। नेपालभाषाका बरिष्ठ कवि नारायणदेवी श्रेष्ठको भव्य अभिनन्दन भएको छ। नेवाः देय् दबूको भ्रातृ संगठन नेवाः मिसा दबूले अभिनन्दन कवि श्रेष्ठलाई अभिनन्दन गरेको हो । दबूका केन्द्रिय अध्यक्ष रश्मिला प्रजापतिले शनिवार आयोजित कार्यक्रममा दोसल्ला ओढाएर अभिनन्दन गरेकी हुन्।


पचासी बर्षिय कवि श्रेष्ठले विसं.२००६ सालमा पहिलो पल्ट हनुमानढोकमा आयोजित साहित्य सम्मेलनमा कविता बाचन गरेकी थिइन्। जुन त्यतिवेलाको अत्यन्त साहसिक कार्यको रुपमा लिइएको थियो।

महिलाहरुले पढ्ने नै हुंदैन भन्ने त्यो राणाकालको अन्तिम सन्ध्याकालमा त्यसरी कविता वाचन गरिनुलाई साहसिक कार्यको रुपमा मानिन्छ। विगत ७ दशकदेखि नारी जागरण सम्बन्धी कविता रचना गर्न कवि श्रेष्ठको अत्यन्त योगदान रहेको छ। कवि श्रेष्ठ नेपाली साहित्य जगतकै हालसम्मकी जेठी साहित्यकार पनि हुन्।

प्रकाशन मिति–२०७५ साल मंसीर १६ गते आइतवार ।