काठमाडौं। धर्माेदय सभाका अध्यक्ष यज्ञमानपति वज्राचार्यलाई भव्य अभिनन्दन गरिएको छ। यज्ञमापतिलाई वज्राचार्य समन्वय परिषदले अभिनन्दन गरेको हो।

परिषदका अध्यक्ष अनाररत्न वज्राचार्यले दोसल्ला ओढाउनुको अलावा बेताली लगाएर परम्परागत भव्य अभिनन्दन गरेका हुन्। अभिनन्दन कार्यक्रममा परम्परागत सगुन दिने कार्य पनि भएको थियो। सम्मानित यज्ञमानपति वज्राचार्य महालेखा नियन्त्रकको कार्यालयका पूर्वमहालेखा नियन्त्रक हुन्। उनी बौद्ध विद्वान तथा चर्यानृत्य गुरु पनि हुन् ।

अभिनन्दन कार्यक्रममा डा.भुवनवज्र वज्राचार्य, वज्रयान महासंघका अध्यक्ष राजेन्द्रमान वज्राचार्य, धर्माेदय सभाका महासचिव सागरमान वज्राचार्य, वज्राचार्य क्लवका अध्यक्ष ज्योति वज्राचार्य, वज्राचार्य रक्तदान समाजका सचिव आनन्दरत्न वज्राचार्य तथा वज्राचार्य अध्ययन मण्डलका सचिव शान्तरत्न वज्राचार्य समेतले अभिनन्दित व्यक्तित्वका विविध पक्षमा प्रकाश पारेका थिए।

निर्मल वज्राचार्यले संचालन गरेको उक्त कार्यक्रममा साँखुका अमृतानन्द वज्राचार्यले स्वागत मन्तव्य दिएका थिए भने भक्तपुरका रोशन वज्राचार्यले धन्यवाद् ज्ञापन गरेका थिए ।


प्रकाशन मिति–२०७५ साल मंसीर १६ गते आइतवार ।