काठमाडौं। आज २७ औं अन्तरराष्ट्रिय अपाङ्गता दिवस परेको छ। अपाङ्गता भएका ब्यक्तिहरुको शसक्तिकरण तथा समाबेशी र समानताको सुनिश्चितता भन्ने अन्तराष्ट्रिय नारा सहित यो दिवस भव्य रुपमा मनाउने कार्य भैरहेको अपाङ्ग मानवअधिकारकर्मी तथा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष भोजराज श्रेष्ठले भिजन संसार डटकमलाई बताएका छन्।

अधिकारकर्मी श्रेष्ठका अनुसार, नेपालमा यो दिवसको नारा मलाई गणना गर,समाबेश गर भन्ने रहेको छ। संघीय लोकतान्त्रीक गणतन्त्र नेपालमा अपाङ्गताको सवालमा संविधान,ऐन कानूनन तथा नितिहरु अधिकांश बनिसकेको छ।

स्थानिय तह,प्रदेश र केन्द्रीय सरकार,नागरिक समाज र दातृ निकायको सहकार्यमा बनेका ती नितिहरुलाइ कार्यान्वयन गर्न गराउन अब कम्मर कसेर मैदानमा उत्रने बेला आएको जिकिर पनि अधिकारकर्मी श्रेष्ठको रहेको छ।दुरदराजमा रहेका र घरभित्र बन्दी झैं जिउनु परेका पूर्ण र अति–अशक्त अपाङ्गता भएका नागरिकहरुले सम्मानित जीवन यापन गर्न चार खम्बे नीति सहित अघि बढ्नु पर्ने समय आएको ठहर पनि श्रेष्ठले गरेका छन्।

यसमा व्यक्ति,स्थानिय संघसंस्था,स्थानिय सरकार र केन्द्र सरकार बिचको सहकार्यले अपाङ्गता भएका ब्यक्तिहरुको समस्यालाइ संबोधन गर्न र गराउन आवश्यकता भएको पनि श्रेष्ठले भनेका छन्।

अपाङ्गता भएका ब्यक्तिलाई अहिले अनुत्पादक नागरिकको रुपमा हेरिएको अवस्थामा अब बिकासका गतिबिधिसंग जोडेर योजना तर्जुमा र कार्यान्वयन गर्न सकेमा सुन्दर समाज निर्माण गर्न धेरैबेर पर्खनु नपर्ने दावी पनि श्रेष्ठको रहेको छ।
प्रकाशन मिति–२०७५ साल मंसीर १७ गते सोमवार ।