काठमाडौं। वर्ल्ड टुरका क्रममा काठमाडौं ल्याइएको विश्वकप क्रिकेटको ट्रफी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको हातमा पुगेको छ।

आईसीसी विश्वकप क्रिकेटको ट्रफी राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पुगेको हो। काठमाडौंको महाराजगञ्ज स्थित राष्ट्रपति भवन शीतल निवास त्यस ट्रफीलाई पुर्‍याइएको हो। राष्ट्रपति भण्डारीले त्यस ट्रफीलाई उचालेर अनावरण गरेकी थिइन्।

यसअघि वल्र्ड टुरमा रहेको ट्रफी शुक्रबार नेपाल ल्याइएको थियो। त्यही साँझ स्वयम्भू र शनिबार पोखरा लगिएको ट्रफी आइतबार विहान चन्द्रागिरीमा सार्वजनिक गरिएको थियो। ट्रफी भोलि सोमवार काठमाडौंको बसन्तपुरमा सार्वजनिक प्रदर्शनीमा राखिने भएको छ।
प्रकाशन मिति–२०७५ साल कात्तिक ११ गते आइतवार ।