काठमाडौं। नेपालको एकमात्र इन्टरनेशनल एअरपोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी हुँदा दुईघण्टा उडान–अवतरण ठप्प भएको छ। सोमवार राति भएको भएको एकाएकको त्यस घटनाले केही उडानलाई अन्यत्र नै डाइभर्ट गर्नु परेको जनाएको छ।

विमानस्थलको प्रस्थानतर्फको भागमा रहेको कफी पसलमा आगलागी हुँदा केही समय विमानस्थल बन्द गर्नु परेको हो। जसका कारण विमान उडानमा अबरोध भएको छ भने केही विमानलाई आकाशबाटै अन्यत्रै मोड्नु परेको हो।

विमानस्थल अधिकारीका अनुसार अध्यागमन पास गरेर जहाज चढ्न जानुअघि यात्रु बस्ने कोठासँगै जोडिएको कफीसपमा विद्युत सर्ट भई आगलागी भएको विमानस्थल प्रमुख देवेन्द्र केसीको भनाई रहेको छ। विमानस्थल बन्द भएपछि काठमाडौं विमानस्थलमा अवतरणका लागि आएका जहाज आकाशमै होल्डमा समेत राख्नु परेको हो।

आगलागी नियन्त्रणमा आइसकेको विमानस्थल अधिकारीहरुको भनाई छ। आगो निभाउन चार वटा दमकल प्रयोग गरिएको छ भने, आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ। विमानस्थल संचालनमा आइसकेको छ।
प्रकाशन मिति–२०७६ साल माघ २७ गते सोमवार ।