काठमाडौं। जाति, भाषा, धर्म तथा राजनीतिभन्दा माथि उठेर स्थापना भएको विलकुलै सामाजिक नेतृत्वदायी विश्वव्यापी नेपाली संस्था हामी नेपाली ग्लोबलको नेपाल च्याप्टरको आयोजनामा तीन दिने निःशुल्क आँखा शिविर संपन्न भएको छ।

पश्चिम नेपालको म्याग्दीको बेनीमा तीन दिने निःशुल्क आँखा जाँच तथा मोतियाविन्दु अप्रेशन शिविर संपन्न भएको हो। जसवाट ९ सय २१ जना आँखा रोगीहरु लाभान्वित बनेको आयोजक हामी नेपाली ग्लोबल नेपाल च्याप्टरले जनाएको छ।

 

च्याप्टरका अनुसार, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौं, बेनी अस्पताल म्याग्दी ,नेपाल रेडक्रस सोसाइटी आँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोग तथा विभिन्न क्लबहरुको सहयोगमा शिविर संचालन भएको हो ।

शिविरमा निःशुल्क आँखा जाँच तथा मोतिया विन्दुको अप्रेशन लगायत निःशुल्क चश्मा र औषधी समेत उपलव्ध गराइएको थियो।

प्रकाशन मिति–२०७५ साल चैत्र २ गते शनिवार ।