नेपालभाषाका महाकवि सिद्धिदास अमात्य
नेपालभाषाका महाकवि सिद्धिदास अमात्य

काठमाडौ। भाषा बाँचेमा जाति बाँचिन्छ भन्ने नेपालभाषाका महाकवि सिद्धिदास अमात्यको १ सय ५० औं आज शुक्रबार परेको छ। यस जन्मजयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले ‘छन्द कविता वाचन’ कार्यक्रम आयोजना गरेको छ। नेपाल भाषा ‘मंका खलः तथा नःलि’ साहित्यिक मासिक पत्रिकासँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।

महाकवि अमात्यको जन्म जयन्तीको अवसरमा शुक्रबार विहान नेपाल भाषा ‘मंकाः खलः’ले प्रभातफेरी र भोटाहिटीस्थित महाकवि अमात्यको प्रतिमामा माल्यार्पण गरिएको थियो। साँझ भोटाहिटीस्थित सिद्धिदास चोकबाट दीप र्‍याली आयोजना गरी दिपावली मनाइएको छ। आयोजना सिद्धिदास स्मृति समाजले गरेको छ।

त्यसैगरी, भक्तपुरमा सिद्धिदास प्रतिष्ठानले गोष्ठीको आयोजना गरेको छ । कार्यक्रमका प्रमुख अतिथि वाङ्मय शताब्दि पुरुष सत्यमोहन जोशीले “भाषा बाँचे जाति बाँच्छ” भनी बुझाउने सिद्धिदास महापुरुष भएको दावी गरे। महाकवि अमात्यका सिद्धिरामायण महाकाब्य, सज्जन हृदयाभरण, सत्यसती, शिवविलास कथालगायत दर्जनौं कृतिहरु नेपालभाषामा रहेका छन् ।
प्रकाशन मिति–२०७४ साल भाद्र २३ गते शुक्रबार