Prem Sagar Karmacharya in Kailali 2काठमाडौ। हालसम्म १ सय ५१ पल्ट रक्तदान गरेर कीर्तिमान कायम गरेका नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्य पश्चिम नेपालको कैलालीमा पनि सम्मानित बनेका छन्। नेपाल स्वयंसेवी रक्तदाता समाज कैलाली जिल्ला शाखा गठन कार्यक्रमका क्रममा रक्तदाता कर्माचार्य सम्मानित बनेको हो।

सोही अवसरमा आयोजित विशेष रक्तदान तथा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यलाई भव्य सार्वजनिक सम्मान तथा अभिनन्दन गरिएको हो। रेकर्डेट रक्तदाता कर्माचार्यलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व उर्जा राज्यमन्त्री चन्द्रसिँह भट्टराईले दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरेर सार्वजनिक अभिनन्दन गरिएको थियो।

काठमाडौबाट टिकापुर कैलाली पुगेका रेकर्डेट रक्तदाता कर्माचार्यले १ सय ५१ औं पटकको रक्तदान कैलालीमा आयोजित भव्य सम्मान कार्यक्रममा नै गरेका थिए। रक्तदान कार्यत्रममा जम्मा ४६ जनाले रक्तदान गरेका थिए।

Prem Sagar Karmacharya in Kailali 1कैलाली विशेष भेलाले स्वयंसेवी रक्तदाता मुकेश श्रेष्ठको अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज कैलाली जिल्ला शाखा गठन भएको छ। जसमा क्रमशः उपाध्यक्ष रामकृष्ण क्षेत्री, सचिव भिम बि।क।, कोषाध्यक्ष देवी श्रेष्ठ, सदस्यहरूमा क्रमशः मीन बहादुर थापा, सर्जु प्रसाद चौधरी, तिलक श्रेष्ठ, ओम प्रसाद चौधरी, बिमला श्रेष्ठ, रूथ सुवेदी र बिरिम चौधरी रहेका छन्।
प्रंकाशन मिति–२०७४ साल भाद्र २२ गते विहीवार ।