काठमाडौं। नेपालमा कोरोनाभाइरस (कोभिड–१९) वाट संक्रमितहरुको संख्या २६ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा नेपालमा ४६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ११ हजार ४७ को स्वाबको पीसीआर परीक्षण गर्दा ४६८ को रिपोर्ट पोजिटिभ आएको हो। प्रवक्ता डा.गौतमका अनुसार २४ घण्टामा १२४ संक्रमित निको डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको कुल संख्या १७ हजार २०१ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाले तीन जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको कुल संख्या १०२ पुगेको छ।

https://www.facebook.com/mohpnep/videos/314407973211176/

प्रकाशन मिति–२०७७ साल साउन ३१ शनिवार ।