काठमाडौं। नेपालमा थप एकजनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। बेल्जियमबाट नेपाल आएकी हाल बागलुङमा रहेकी बागलुङकी एक युवतीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो।

 

स्वास्थ्य मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पुष्टि गरेका हुन।

२२ वर्षीया बागलुङकी युवतीमा सहित नेपालमा कोरोनाभाइरसबाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ। उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

आज संक्रमण पुष्टि बागलुङकी युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२ विमानबाट नेपाल आएकी थिइन्।
प्रकाशन मिति–२०७६ साल चैत १५ गते शनिवार ।