काठमाडौं। नेपालमा थप सात जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या १०९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहानै विज्ञप्ति प्रकाशन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाएको हो।
प्रकाशन मिति–२०७७ साल बैशाख २७ गते शनिवार ।