Gold Gahana 1काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले व्यवसायीलाई दैनिक ३५ किलो सुन उपलब्ध गराउन सरकारसँग पुनः माग गरेको छ । विवाह, ब्रतवन्धको याममा व्यवसायीका लागि दैनिक ४० देखि ६० किलोसम्म सुनचाँदीको आवश्यकता पर्दछ । हाल व्यवसायीलाई दैनिक १५ किलो सुन उपलब्ध गराउँदै आइएको छ। महासङ्घले आफ्नो साधारणसभामा प्रमुखताका साथ यही मागलाई हरेक वर्ष उठान गर्दै आएपनि हालसम्म सुनुवाइ भएको छैन।

महासंघको तेस्रो साधारणसभामा महासंघका अध्यक्ष मणिरत्न शाक्यले सो मागलाई पुनः उठान गर्दै सरकारले सो माग पूरा नगर्दा बजारमा सुनको कालोबजारी, गुणस्तरमा समस्या र राजस्व चुहावट हुने गरेको बताए । यस क्षेत्रमा रु ५० अर्बको लगानी रहेको र सात अर्बको वार्षिक राजस्व व्यवसायीले तिर्ने गर्दछन् । विसं २०४४ मा स्थापित सो संघ तीनवर्ष अगाडि महासंघमा रुपान्तरित भएको थियो । हाल महासंघअन्तर्गत २१ हजार व्यवसायी आबद्ध छन्।

Ramesh Maharjan Goldनेपाल रत्न आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनले सरकार र सुनचाँदी व्यवसायी महासंघ नेपाल हस्तकला महासंघ र रत्न आभूषण महासंघबीच वि.सं. २०७० वैशाख १३ गते भएको सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरे। सो सहमतिमा गरगहना निर्दे्शिका १५ दिनभित्र जारी गर्ने रहेको थियो तर दुईवर्ष बित्नलाग्दा पनि निर्दे्शिका जारी हुन सकेको छैन ।

नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मरत्न शाक्यले सुनचाँदी व्यवसायी महासंघ नेपाल हस्तकला महासंघ र नेपाल रत्न आभूषण महासंघ मिलेर आगामी जेठ ७, ८ र ९ गते अन्तर्रा्ष्ट्रिय हस्तकला मेला आयोजना गर्न लागिएको जानकारी दिए । नेपाली सुनचाँदी व्यवसायीले बेलायत, अमेरिका, जापान, भारत, मलेसिया, थाइल्याण्ड, अष्ट्रेलियामा आफ्नो व्यवसाय विस्तार गरिसेकका छन् ।

Gold 2

पूर्वमुख्यसचिव तीर्थमान शाक्यले सुनचाँदी व्यवसायमैत्री बनाउन सरकारले व्यवसायीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाले गरगहना निर्दे्शिका शीध्र जारी हुने जानकारी दिए । नेपाल बैकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले सुनचाँदीको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।
प्रकाशन मिति–२०७२ साल चैत्र १९ गते शुक्रबार ।