काठमाडौं। नेपालमा सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण हुन नदिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो।

यसअघि घोषित लकडाउन भोलि बैशाख २५ गते सकिनुअघि सरकारले थप गर्ने निर्णय गरेको हो। अवस्था र स्थान हेरी केही खुकुलो गर्न माग भइरहेका बेला सरकारले ११ दिन अरु थपेको हो।

मुलुकमा कोरोनाको संक्रमण देखिएपछि सरकारले चैत्र ११ गतेबाट देशव्यापी लकडाउन गरेको थियो। लकडाउन लगातार लम्बिदा देशको आर्थिक अवस्था निकै जर्जरबन्दै गएकोछ भने नेपाली जनताहरुलाई निक्कै समस्या हुन थालेको छ।
प्रकाशन मिति–२०७७ साल बैशाख २४ गते बुधवार ।