indian-currency

काठमाडौ। भारतमा भारु एक हजार र पाँचसयको नोट प्रतिवन्धित गरेपछि भारतीय मुद्राको भारतमा नै सर्टेज भएपछि त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ।

नेपालमा पनि केही दिनयता भारतीय मुद्राको अभाव भएको छ। भारतले रिजर्भ बैंक अफ इन्डिया मार्फत निरन्तर दिदैआएको भारतीय मुद्रा केही दिनयता दिन बन्द गरेपछि नेपालमा भारतीय मुद्राको अभाव भएको कान्तिपुर दैनिकले उल्लेख गरेको छ।

जसको कारण नेपालका बैंकहरुले भारतीय मुद्रा सटही कार्य बन्द गरेको छ। यसले गर्दा भारतमा गएर उपचार गर्न जाने विरामी, त्यहाँ पढ्न जाने विद्यार्थी तथा व्यापारी लगायतलाई यसले प्रत्यक्ष असर पार्न थालेको छ।
प्रकाशन मिति–२०७३ साल पुष २ गते शनिवार