काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको जोखिम न्यूनिकरणका लागि नेपालमा लकडाउन जारी रहेको बेला नेपालमा रहेका बेलायती नागरिक स्वदेश फर्किएका छन्।

झन्डै १ सय ५० भन्दाबढी बेलायती नागरिक बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन्। उनीहरु टाइटन एयरबाट गएका हुन्। नेपाल स्थित बेलायती दूतावासको पहलवाट बेलायत फर्केका हुन।

लकडाउनको अवधिमा यसअघि दुई सातामा भारतबाहेक एक दर्जनभन्दा बढी देशका करिब २७ सय विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएका छन्।
प्र्रकाशन मिति–२०७६ साल चैत २६ गते बुधवार ।