Nepalese Passport 1काठमाडौ। नेपालमा राहदानी अर्थात पासपोर्ट वितरणको इतिहासमा नौलो रेकर्ड कायम भएको छ। आज आइतवार एक जना सेवाग्राहीले केवल दश मिनेटमा पासपोर्ट बनाउन सफलता पाएका छन्। ती भाग्यमानी व्यक्तित्वमा दाङ्ग धनौरीकी चन्द्रकला बुढाथोकी भएको राससले जनाएको छ।

नेपालको परराष्ट्र मन्त्रालयले पासपोर्ट लिन चाहने सेवाग्राहीलाई सहज रुपमा यन्त्रले पढ्न मिल्ने एमआरपी पासपोर्ट छिट्टो भन्दा छिट्टो उपलव्ध गराउने नीति अनुरुप वितरण गर्ने कार्यक्रमको शुभारम्भको दिन नेपालका परराष्ट्रमन्त्री कमल थापाले बुढाथोकीलाई दश मिनेटमा पासपोर्ट तयार पारेर प्रदान गरिएको थियो।

Nepalese Passport 2Nepalese Passport 2

प्रत्यक्ष दर्ता प्रणाली अन्तर्गत फाराम भरिएको १० मिनेटमा नै बुढाथोकीको पासपोर्ट तयार गरिएको हो। नेपालको लागि यो नौलो कीर्तिमान हो। अब उपरान्त एकैदिनमा पासपोर्ट लिन चाहेमा नगद १५ हजार रुपैया दस्तुर लाग्ने राहदानी विभागले भनेको छ। १२ हजार शुल्क तिरेमा दुई दिनमा पासपोर्ट आउने र १० हजार बुझाएमा तीन दिनमा पासपोर्ट बन्ने भएको छ। सामान्यतया एक महिनाको समयावधिमा पाइने पासपोर्टको राजश्व शुल्क पुरानै ५ हजार रकम नै तोकिएको छ।
प्रकाशन मिति–२०७३ साल असार १९ गते आइतवार ।