काठमाडौं। विश्वभरका नेपालीहरुलाई जोड्ने महान अभियान रहेको हामी नेपाली ग्लोबलको अष्ट्रेलिया महादेशको राजदूतमा भोमा लिम्बु नियुक्त भएकी छन्। धर्म, जाति तथा राजनीतिभन्दा माथि उठेर अमेरिकामा स्थापित नेपालीहरुको साझा संगठन हामी नेपाली ग्लोबलले लिम्बुलाई हामी नेपाली ग्लोबलको अष्ट्रेलिया महादेशका राजदूतमा नियुक्त गरिएको हो।

हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाका अनुसार, अष्ट्रेलियामा लामो समय देखि वसोवास गर्दैआएकी नवनियुक्त हामी नेपाली ग्लोबलकी राजदूत विश्वभरका नेपाली महिलाका सवालमा पैरबी गर्दैआएकी सामाजिक अभियन्ता हुन। लिम्बुले अष्ट्रेलियमा रहेका नेपालीहरुको हक, हित र अधिकारका लागि आवाज बुलन्द गर्दैआएकी छन्।

हामी नेपाली ग्लोबलको लक्ष्य तथा उदेश्यनुरुप लिम्बुको सोच तथा लक्ष्य पनि एक भएको कारण हामी नेपाली ग्लोबलको अष्ट्रेलिया महादेशको राजदूतमा नियुक्त गरिएको केन्द्रिय अध्यक्ष लामाको भनाई छ। नवनियुक्त राजदूत लिम्बुले हामी नेपाली ग्लोबलसंग आफू जोडिन पाउंदा गौरबता लागेको र हामी नेपाली ग्लोबलको अष्ट्रेलिया महादेशको राजदूत भएर नेपालीहरुलाई अझ सक्दो सहयोग र सेवा दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।
प्रकाशन मिति–२०७७ साल फागुन १६ गते सोमवार ।