Sasank with Sitadeviकाठमाडौ। नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको चुनावको निक्कै नै रोचक तथा कौतुहल पद मानिएको सभापति पछि महामन्त्री नै हो। सभापति पदमा नेपालमा तीनपल्ट प्रधानमन्त्री बनिसकेका बरिष्ठ नेता शेरवहादुर देउवा निर्वाचित भएपछि ४९ बर्षलामो कोइराला परिवारको परिवारवादको अन्त भएको महशुश गरिएको छ। सुदुरपश्चिम नेपालको एक सर्वसाधारण देउवा कांग्रेसको सभापतिजस्तो उच्च तहमा पुगेकोमा सवैले गर्व महशुश गरेका छन्।

महामन्त्री पदमा पनि त्यसको ठीक विपरित कोइराला परिवारको विरासतको रुपमा कांग्रेसको संस्थापक बीपी कोइरालाको सुपुत्र डा.शशांक कोइराला अपत्यारिलो तरिकाले निर्वाचित बनेका छन्। पराजित सभापति रामचन्द्र पौडेल प्यानलवाट चुनाव लडेका कोइरालाले व्यापक चर्चामा रहेका बरिष्ठ नेता अर्जुननरसिंह केसी र युवा नेता गगन थापालाई हराएर कोइराला उक्त पदमा पुगेका हुन्।

Gagan with Arjun Narsing Kc Jwai Sasura

सर्वसाधारणले समेत आशा समेत नगरेका कोइरालाले १४१७ मत पाएर निर्वाचित बनेका छन्। कोइरालाको प्रतिव्दन्दी केसी र थापाले क्रमशः १०१७ र ५८४ मत पाएका थिए। केसी र थापा नाताले साख्यै ससुरा र ज्वाई हुन्। ज्वाई–ससुरालाई हराएर महामन्त्री बनेका डा.कोइराला राजनीतिमा भन्दा लामो समयदेखि डाक्टरी पेशामा संलग्न चिकित्सकको रुपमा चिनिन्छन्। उनी बीपी कोइरालाको कान्छा छोरा हुन्। जसको जन्म वि.सं. २०१५ सालमा विराटनगरमा भएको हो। आंखा रोग विशेषज्ञ डा.कोइरालाको जितले कोइराला परिवारको प्रतिष्ठालाई कायम गरेको छ।

कोषाध्यक्ष पदमा सीतादेवी यादवले १२१७ मत ल्याएर निर्वाचित बनेकी छन्। जसको निकतम प्रतिव्दन्दी चित्रलेखा यादवले १२०९,उमाकान्त चौधरीले ४५७ र कृष्ण कार्कीले ६६ मत पाएका थिए। कोषाध्यक्ष पदमा विजयी सीतादेवी पनि पराजित सभापति रामचन्द्र प्यानलकी नै हुन्।
प्रकाशन मिति–२०७२ साल फागुन २५ गते मंगलवार ।