काठमाडौ। नेपाली कांग्रेसको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कांग्रेसको हार भएकोमा यसको जिम्मेवारी नेपाली कांग्रेसले नै लिनुपर्ने ठहर गरिएको छ। नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले यस हारको आफूले जिम्मेवारी लिएर पार्टी सभापति पदवाट तुरुन्त राजिनामा दिनुपर्ने जस्ता कुरा पार्टी नेतृत्व पंक्तीवाटै आएको छ।

कांग्रेसबृतमा भित्रभित्रै गुम्सिरहेको यो कुरालाई नेपाली कांग्रेसका अग्रज नेता तथा काठमाडौ क्षेत्र नंबर १ बाट प्रतिनिधिसभामा विजयी नेता प्रकाशमान सिंहले काठमाडौमा आयोजित कार्यक्रममा खुलेरै देउवाको राजिनामा मागेका छन्। प्रदेश तथा प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसले व्यहोरेको हारको जिम्मा लिँदै राजीनामा दिन सुझाएका हुन्।

नेपाली कांग्रेसको महामन्त्री समेत रहिसकेका सिंहले चुनाव हारेपछि राजीनामा दिने प्रचलन रहेको बताएका छन्। पार्टी सभापति देउवाले राजीनामा नदिए पार्टीको विधान अनुसार अघि बढ्ने नेता सिंहले भनेका छन्। प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ कांग्रेसको पक्षमा नतिजा नआएको भन्दै नेता सिंहले अब पार्टीमा सुधार गर्नु पर्ने बताए।

Mr.Prakash Man Singh-Sinior Leader of Nepali Congress.

‘मान्छे विरामी भयो भनेर आर्यघाटमा लगेर छाड्ने होइन, उपचार गर्नुपर्छ’ नेता सिंहले भने, ‘त्यसरी नै पार्टीमा कमजोरी छ भनेर त्यसै बसेर हुँदैन, सुधार गर्नुपर्छ।’ नेता सिंहले जोडदार रुपमा भनेका छन्– ‘पार्टी बिरामी परेको छ । अब उपचार गर्नुपर्छ।’
प्रकाशन मिति–२०७४ साल मंसीर २९ गते शुक्रबार ।