काठमाडौं। नेपालको सुनचाँदीको बजारमा सुनको भाउ एकैदिन तोलामा तीन हजार रुपैयाँले घटेको छ। शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।

बिहीबार भने छापावाल सुन प्रतितोला ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। म‌ंगलबार अहिलेसम्मकै सबैभन्दा मह‌ँगो ८२ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन त्यसपछि भने घटिरहेको छ। बुधबार ८२ हजार ३ सय र बिहीबार ८१ हजार ५ सय रुपैयाँ प्रतितोला कारोबार भएको सुनको मूल्य शुक्रबार भने ३ हजारले घटेर ७८ हजार ५ सयमा कारोबार भइरहेको छ। त्यस्तै तेजाबी सुन प्रतितोला ७८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको नेपाल सुनचाँदी व्यवसायी महास‌ंघले भनेको छ। शुक्रबार चाँदीको मूल्यमा पनि ४० रुपैयाँले गिरावट आएको छ। शुक्रबार असली चाँदी प्रतितोला ८२० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशन मिति–२०७६ साल चैत्र १ गते शनिवार ।