ललितपुर । नेपाल खुला विश्वविद्यालयको बीबीएस २०७६ को दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर जाउलाखेल स्थित स्टाफ कलेजमा अभिमुखिकरण कार्यक्रम भएको हो।

नेपालको परिप्रेक्ष्यमा नविनतम समयानुकुलको विश्वविद्यालय नेपाल खुला विश्वविद्यालयको आवश्यकता र महत्वको वारेमा प्रकाश पारिएको थियो।

कार्यक्रममा सम्वोधन गर्ने क्रममा व्यवस्थापन तथा कानुन संकायका डीन प्राध्यापक डाक्टर सिलु मानन्धर वज्राचार्यले प्रतिस्पर्धी युगमा कामकाजी व्यक्तिहरुले घरमै बसेर नवीनतम प्रविधि प्रयोग गरेर उच्च शिक्षा प्रदान गर्ने उद्देश्यनुरुप नेपाल खुला विश्वविद्यालयको स्थापना भएको बताएकी छन्।

तदानुरुप विसं.२०७५ सालमा नेपालमै पहिलो चोटी अनलाइनबाट बीबीएस, एमबीए, एलएलबी र एमएसडीएमजी सफलतापूर्वक पढाई संचालन भएको प्राध्यापक डाक्टर बज्राचार्यको भनाई रहेको छ।

अभिमुखिकरणमा नेपालका सुविख्यात प्राध्यापक डाक्टर प्रेमराज पन्त र प्राध्यापक डाक्टर पुष्कर वज्राचार्यले नेपालमा व्यवस्थापन शिक्षाको आवश्यकता र विकासकाबारे चर्चा गरेका थिए।


प्रकाशन मिति–२०७६ साल भदौं ३० गते सोमवार ।