काठमाडौं। नेपाल टेलिकमका मोवाइल तथा फोनमा फोन गर्दा यतिखेर स्थानीय निर्वाचन संवन्धी जानकारीमूलक सन्देश प्रसारण हुन थालेको छ। अघिल्लो केही दिन निर्वाचन संवन्धी दिक्कलाग्दो गीत प्रसारण भएपछि सवैले वाक्क मानेका थिए।

सोमवार दिउंसोवाट भने, सवैको गुनासो आएपछि नेपाल टेलिकमले नयाँ निर्वाचन संवन्धी निर्वाचन रिङटोन परिवर्तन गरेको छ। त्यस रिङटोनमा जानकारीमूलक गीतको लगतै जानकारीमूलक सन्देश आउने गरेको छ। त्यो सन्देश वाचन गर्ने वाचिका को होला भन्ने खुल्दुली यतिखेर सवैलाई हुन थालेको छ।

दुईदिनमा धेरैमा देखिएको खुल्दुली मेटाउने प्रयास गर्ने क्रममा नेपाल टेलिकम समाचार स्रोतलाई भिजन संसार डट्कमले संपर्क गर्दा सन्देश वाचन गर्ने वाचिका अरु कोही नभइकन ख्यातिप्राप्त संचारकर्मी निशान बुढाथोकीको आवाज भएको जानकारी दिएका छन्।

निशान बुढाथोकीले स्थानीय निर्वाचनमा निर्धक्क रुपमा ३० बैशाखका दिन मतदान केन्द्रमा गएर कुनै डर, धम्कीको कुनै पर्वाह नगरिकन मतदान गर्न उत्प्रेरणा दिने सन्देश वाचन गरेकी छन्। जुन वाचन गर्न पाउदा आफूलाई अत्यन्त गौरब लागेको संचारकर्मी बुढाथोकीले भिजन संसार डट्कमसंगको कुराकानीमा भनेकी छन्।

प्रकाशन मिति–२०७९ साल बैशाख २० गते मंगलवार ।