Prakash Aryalकाठमाडौ। लामो समयदेखि विवादास्पद बन्दैआएको नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक पदमा नेपाल प्रहरीका डीआइजी प्रकाश अर्याललाई नियुक्त गरिएको छ। नेपाल सरकारले डीआईजी अर्याललाई सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो।

सरकारले गत माघ २९ गते डीआईजी जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने निर्णय गरेकोमा त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। सर्वोच्चले गत चैत ८ गते सरकारी निर्णय उल्ट्याउँदै कार्यसम्पादन मूल्यांकन र वरिष्ठताको आधारमा प्रहरी महानिरीक्षक नियुक्त गर्न आदेश दिएको थियो।

सर्वोच्चले कार्यसम्पादन मूल्यांकनमा डीआईजी नवराज सिलवाल अगाडि रहेको तथ्य दिएको थियो। सोमबार बसेको मन्त्रिपरिषद बैठकले चारजना डीआईजीको कार्यसम्पादन मूल्यांकनको गृहसचिवको संयोजकत्वमा चार सदस्यीय समितिवाट गरिएको अंक अध्ययनको आधारमा प्रकाश अर्याललाई नियुक्त गरिएको दाबी गरिएको छ।
प्रकाशन मिति–२०७३ साल चैत्र २८ गते सोमवार ।