काठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा आइतबार दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल–चीनबीच विभिन्न विषय समेटिएका समझदारी पत्रमा हस्ताक्षर भएको हो।

चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ।

  • काठमाडौं- चीनको नान्जी सहरबीच भगिनी सम्बन्ध
  • बुटवल-सियान सहरबीच भगिनी सम्बन्ध
  • त्रिवि कन्फ्युसियस इन्स्टिच्यट खोल्न चीनको कन्फ्युसियस विश्वविद्यालयसँग समझदारी
  • टनेल निर्माण समझदारी।
  • सीमा सुरक्षा सामग्रीसम्बन्धी समझदारी।
  • आपराधिक गतिविधि नियन्त्रणमा समझदारी।
  • आयुर्वेदिक उपचार पद्धति विस्तारमा समझदारी
  • काठमाडौंमा खानेपानी व्यवस्थापनसम्बन्धी समझदारीलगायत।

हस्ताक्षरपछि ती समझदारीपत्र दुवै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले आदानप्रदान पनि गरेका थिए।
प्रकाशन मिति–२०७६ साल असोज २६ गते आइतवार ।