काठमाडौं। नेपालमा जारी लकडाउन एकहप्ता थप भएको छ। सरकारले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन घोषणा गरेको लकडाउनको अवधिमा एकहप्ता थप गरेको हो।

मन्त्रिपरिषद्को संपन्न बैठकले चैत २५ गते मंगलवार राति १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो। त्यसैगरेर, मन्त्रिपरिषद्ले अन्तराष्ट्रिय सीमा नाकाबाट यात्रु आवागमनमा लगाएको रोक चैत २५ गते राति १२ बजेसम्म कायमै राख्ने निर्णय गरेको छ ।

यस्तै संक्रमण रोग ऐन आदेशलाई पनि चैत २५ गतेसम्म कायम राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना र अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्।
प्रकाशन मिति–२०७६ साल चैत १६ गते आइतवार ।