काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ ECAN ले तेश्रो ईक्यान कर्पोरेट फुटसलको आयोजना गर्ने भएको छ। ईक्यानले आयोजना गर्ने यस प्रतियोगितामा ईक्यानमा आवद्ध ब्यवसायीहरु खेलाडीका रुपमा सहभागि हुने भएका छन्। यस प्रतियोगितामा अष्ट्रेलियाको कलेज मिन्ट ईन्टरनेसनलको प्रस्तुतिमा एवम राईटपाथ क्यारियर काउन्सिलिङ्ग प्रा.लि.को इन एसोसिएसन विथ प्रायोजनमा १२ टिमको सहभागिता रहने भएको हो।

ईक्यान कास्की, ईक्यान चितवन, ईक्यान ललितपुर, ईक्यान पूर्वाञ्चल शाखा तथा ईक्यान रुपन्देही अन्तर्गत रहेका ब्यवसायीहरु समेतको सहभागितामा उक्त फुटसल सम्पन्न हुने अतिरिक्त कृयाकलाप विभाग तथा तेश्रो ईक्यान फुटसल प्रतियोगिताका संयोजक बासुदेव दाहालले बताएका छन्।

अन्य प्रायोजकहरुमा एआईपि एजुकेसन, अष्ट्रेलिया एजुकेसन कन्सल्टिङ्ग, क्यानोन ईन्टरनेसनल एजुकेसन, सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ्ग, ड्रिम डेस्टिनि एजुकेसन फाउण्डेसन, ड्रिम अन एजुकेसनल कन्सल्टेन्सि, स्टडि वल्र्ड एजुकेसन कन्सल्टेन्सि एण्ड रिसर्च सेन्टर, ईन्लाईटिन ईन्टरनेसनल एजुकेसन, एक्सेल एजुकेसन, काठमाण्डौ ईन्फोसिस एजुकेसनल कन्सल्टेन्सि, मेटस एजुकेसन, निरभाना काउन्सिलिङ्ग सेन्टर,पाथफाईन्डर ईन्टरनेसनल एजुकेसन, मेघा एजुकेसनल कन्सल्टेन्सि, सेभिल्ला एजुकेसन कन्सल्टेन्सि, प्रसन्ना ईन्टरनेसनल एजुकेसन, रोयल एजुकेसनल फाउण्डेसन, सिलिकन एजुकेसन नेटवर्क, सक्सेस एब्रोर्ड स्टडि, वेभ ईन्टरनेसनल एजुकेसन, प्रान्जल एजुकेसन कन्सल्टेन्सि, रिभोलुसन एजुकेसन एकेडमि रहेका छन। त्यस्तै मिडिया पार्टनर मकालु खवर डट कम, आई टि पार्टनर कम्युनिकेट मिडिया प्रा.लि., भेन्यु पार्टनर कुमारी फुटसल रहेका छन्।

शहरीया जीवनशैली तथा फुटवल खेल्नका लागि आवश्यक पूर्वाधारको पर्याप्तता नभएको अवस्थामा केही समययता फुटसल प्रतियोगिता पनि खेलप्रेमीहरु माझ लोकप्रिय बन्दै गएको छ। ECAN ले आयोजना गर्ने यो प्रतियोगीताले पनि यस खेलको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।

तेश्रो संस्करणको यस फुटसल प्रतियोगिताको उद्घाटन नेपालका राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडी तथा पूर्वक्याप्टेन हरि खड्का गर्ने भएको छ। खेल काठमाडौंको पकनाजोल स्थित कुमारी फुटसल ग्राउण्डमा यह जेठ २५ गते शनिवार विहान १० बजेवाट हुने जानकारी ईक्यानका केन्द्रिय महासचिव शेषराज भट्टराईले भिजन संसार डटकमलाई दिएका छन्।
प्रकाशन मिति–२०७६ साल जेठ २१ गते मंगलवार ।