बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देही जिल्ला शाखाको सातौं साधारणसभा तथा तेस्रो अधिबेशन संपन्न भएको छ। मिलनचोक बुटवल स्थित दियालो होटलको सभा कक्षमा साधारणसभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको हो।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको बिशेष आतिथ्यतामा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि ५ नंबर प्रदेश सभासद् एवं अर्थ,पर्यटन र उद्योग समितिका सभापति दधिराम न्यौपाने अतिथिहरूमा क्रमशः बालरोग बिशेषज्ञ डा.सन्तोष पोखरेल,रोटरी क्लब अफ तिनाउका संस्थापक अध्यक्ष देवी वाग्ले,रक्त सञ्चार सेवा बुटवलका गोपाल प्रसाद ढकाल र लायन्स क्लब डिष्ट्रिक २ नेपालका आम्बेस्डर अफ गभर्नर कपिल आचार्य लगायत थिए।

नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देही जिल्ला शाखाध्यक्ष कृष्ण चौहान क्षेत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बिबिधकोणबाट सहयोग गर्ने महानुभावहरू क्रमशः बिक्रम साहानी र जगदीश प्रसाद श्रेष्ठलाई प्रशंसापत्रव्दारा सम्मान गरिएको थियो। सोही समारोहमा रगत संसार नामक पत्रिकाको पनि लोकार्पण गर्ने कार्य भएको थियो।

नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देही जिल्ला शाखाका सचिव भीष्म केसीद्वारा संचालिन उक्त कार्यक्रममा प्रमुख अतिथि दधिराम न्यौपाने र बिशेष अतिथि स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई कार्यक्रमका सभापतिले मायाको चिनो प्रदान गरेर सम्मान जाहेर गरेका थिए ।

नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देही जिल्ला शाखाको सातौं साधारणसभा र तेस्रो अधिबेशनको बन्द–सत्रबाट अध्यक्ष कृष्ण चौहान क्षेत्री,उपाध्यक्ष भिष्म केसी, सचिव उदयराज भट्टराई,प्रशन्न श्रेष्ठ,कोषाध्यक्ष तुलसा न्यौपाने सिंह,दीपेन्द्र भण्डारी र सदस्यहरूमा क्रमशः आकाश पन्त,अर्जुनप्रसाद पौडेल,हरिप्रसाद ज्ञावाली,जानकी नेपाल,कमल बहादुर थापामगर,युवराज बन्जाडे र भगवती अर्याल रहेको नयाँ कार्यसमिति समेत सर्वसम्मत चयन भएको छ ।
प्रकाशन मिति–२०७६ साल फागुन १३ गते मंगलवार ।