काठमाडौ। नेपालमा पश्चिमी वायुका कारण आज बुधवार देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ।

देशका मध्य र पूर्वका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशको पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

देशको पूर्वी भू–भागका केही स्थानहरूमा र मध्य र पश्चिमी भू–भागका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन् र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

पहाडी भू–भागमा मेघ गर्जन् र चट्याङसहित वर्षा हुने र हिमाली भेगमा हिमपात हुने कारण सबैमा सर्तकता अपनाउन मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
प्रकाशन मिति–२०७६ साल फागुन १४ गते बुधवार ।