काठमाडौं। नेवाः पत्रकार राष्ट्रिय दबूको तेश्रो महाधिवेशनवाट अग्रज सञ्चारकर्मी सुरजवीर बज्राचार्यको नेतृत्वमा नयाँ केन्द्रिय कार्य समितिको गठन भएको छ। व्यापक छलफल तथा पहलवाट सर्वसम्मत रुपमा नयाँ कार्यसमितिको चयन भएको हो।

नृपेन्द्रलाल श्रेष्ठ र सुरजवीर बज्राचार्य टीम वीच लोकतान्त्रिक निर्वाचन प्रक्रियावाट अन्तिम चरणमा चुनाव हुने वातावरण तयार भैसकेको अवस्थामा सर्वसम्मत बन्न पुगेको हो। आपसी एकता र भाइचारा अनि सदभावमा कुनैपनि प्रकारको खलल उत्पन्न हुन नदिन जित निश्चित भएतापनि अन्तिम चरणको प्रयासवाट आफूले अध्यक्ष पद त्याग गरेर सर्वसम्मत भएको अध्यक्षका प्रत्यासी अग्रज पत्रकार नृपेन्द्रलाल श्रेष्ठले भिजन संसार डटकमलाई बताएका छन्।

सुरजवीर बज्राचार्य नेतृत्वको नयाँ केन्द्रिय कार्यसमितिमा नृपेन्द्रलाल श्रेष्ठ बरिष्ठ उपाध्यक्ष, दुई अर्का उपाध्यक्षमा रचना श्रेष्ठ र संदिप श्रेष्ठ सर्वसम्मत बनेका छन्। त्यसैगरेर, महासचिवमा सुनिल महर्जन, सचिवमा केके मानन्धर, सह–सचिवमा राजु नापित, महिला सह–सचिवमा प्रेरणा शाक्य, कोषाध्यक्षमा सुरेन्द्रभक्त श्रेष्ठ र सहकोषाध्यक्षमा वावुकृष्णा साँछे श्रेष्ठ सर्वसम्मत भएका छन्।

सदस्यहरुमा नविन जोशी, विजयराम कर्माचार्य, भाईकाजी महर्जन, विराजकाजी राजोपाध्याय, प्रजित शाक्य, अनुप प्रधान, श्याम तण्डुकार, तेजनारायण महर्जन, विगेन तुलाधर, पूर्णभक्त दुवाल, विनय प्रधान, हसना लवजु, रुवि श्रेष्ठ, सुनिता महर्जन, मीना बज्र्राचार्य, अनिता डंगोल र निशा श्रेष्ठ रहेका छन्। प्रदेशवाट भोजराज श्रेष्ठ र उत्तम श्रेष्ठ पनि सर्वसम्मत बनेका छन्। निवर्तमान अध्यक्ष श्रीकृष्ण महर्जन रहेका छन्।


प्रकाशन मिति–२०७६ साल कात्तिक ३० गते शनिवार ।