काठमाडौं। नेपालको नंबर वान नृत्य तथा संगीतको विद्यालय साधना कला केन्द्रले बर्तमान जारी लकडाउनलाई मध्यनजर गरेर साधना अनलाइन ट्यालेन्ट गायन प्रतियोगिताको आयोजना गरेको छ। लकडाउनमा  प्रतिभाको प्रदर्शनका लागि साधना कला केन्द्रले यस प्रतियोगिताको आयोजना गरेको हो।

यस प्रतियोगितामा भाग लिन कुनै उमेर समूह आवश्यक नभएको र आफूभित्रको गायन प्रतिभालाई मज्ज्जाले भिडियो मार्फत प्रदर्शन गरेर कुनैपनि गीतको ट्राकमा गीत गाएर अनलाइन मार्फत पठाएर भाग लिन सक्ने आयोजक साधना कला केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले भिजन संसार डटकमलाई बताएका छन्।

साधना कला केन्द्र र नेपाल सांगीतिक संघको संघको संयुक्त आयोजनामा भएको यस प्रतियोगिताको लागि सवैलाई घर–घरमा बसेर सिर्जनात्मक गीत गाएर त्यसको भिडियो पठाउन पनि आयोजक साधना कला केन्द्रका संस्थापक निर्देशक मोक्तानले अनुरोध गरेका छन्। प्रतियोगिताको अवधि आगामी बैशाख २५ गतेसम्मका लागि कायम गरेको छ।

बैशाख २५ गतेसम्म आएका सिर्जनात्मक गायनको भिडियोलाई छानेर पुरस्कृत गरिने जानकारी पनि संस्थापक निर्देशक मोक्तानले भनेका छन्। पुरस्कार पहिलो हुनेलाई नगद २५ हजार, दोश्रो हुनेलाई नगद १५ हजार र तेश्रो हुनेलाई नगद १० हजार रहेको छ। साथमा साधना कला केन्द्रमा गायन सिक्ने छात्रवृति पनि पुरस्कार राखिएको छ। बाँकी कुरा तथा नियम यो भिडियो हेरेर जानकारी लिन सक्नु हुन्छ–

www.sadhanakalakendra.com.np

प्रकाशन मिति–२०७६ साल बैशाख ८ गते सोमवार ।