ललितपुर । किराँत समुदायको महान पर्व उधौली (चासुवा)को अवसरमा आयोजित सम्मान कार्यक्रममा नारायण लिंखा देवान सम्मानित बनेका छन्। पत्रकारिताको माध्यमवाट याक्खा जातिको भाषा, संस्कृति र संस्कारको प्रवद्र्धन गर्नमा उल्लेखनीय योगदान दिएवापत किराँत याक्खा छुम्मा उपत्यका समिति ललितपुरले पत्रकार देवानलाई सम्मानित गरिएको हो ।

नामी साप्ताहिकका सह–सम्पादक रहेका देवानलाई प्रमुख अतिथि लिल वहादुर रोगुले सम्मान प्रदान गरेका थिए । त्यस अवसरमा याक्खा जातिको प्रवद्र्धन गर्नमा आफ्नो क्षेत्रवाट योगदान दिने विभिन्न व्यक्ति विशेषहरुलाई पनि सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता आयोजक समितिका अध्यक्ष धन वहादुर देवानले गरेका थिएभने, कार्यक्रम संचालन सचिव प्रदीप याक्खाले गरेका थिए । ललितपुरको हरिसिद्धि स्थित सानो हात्तिबनमा भएको रमणिय कार्यक्रममा याक्खा जातिको डोकेनी नाच (साङ्राङडाङ) र च्याब्रुङ नाच पनि प्रस्तुत गरिएको थियो ।

प्रकाशन मिति–२०७८ साल पुस ४ गते आइतवार ।