काठमाडौं। काडमाडौं महानगरभित्रको समस्या भनेको नै खानेपानी तथा ढल निकास बढी हो । बढ्दो शहरीकरण तथा जनघनत्वका कारण महानगरको शहरी घना क्षेत्रहरु असन–न्हैकन्तला, न्ह्यौखा, ज्याठा लगायतका स्थानहरुमा ढल निकासको समस्याले स्थानीयलाई प्राय सताइरहेको नै पाइन्छ ।

काठमाडौं महानगरपालिका वडा नंबर २५ स्थित यी कोर एरियाहरुमा अझै यो समस्याले आक्रान्त पारिरहेको छ। रातविरात ढल निकास जाम भएपछि स्थानीय वासिन्दालाई समस्या हुनासाथ त्यसको तत्काल खबर काठमाडौं महानगरपालिका वडा नंबर २५ का लोकप्रिय तथा जनप्रिय वडा सदस्य डार्बिन श्रेष्ठको मोवाइलमा घण्टी बजिहाल्ने गर्दछ। अनि तुरुन्ता तुरुन्त ढल निकास खोल्ने प्राविधिक तथा ज्यामी लिएर पुग्ने दिनचर्या वडा सदस्य डार्बिन श्रेष्ठको दैनिकी जस्तो नै बन्न थालेको छ।

वडावासीको पीर–मर्का तथा समस्यामा अग्रपंक्तिमा नै देखिएका नेकपा एमालेवाट विजयी वडा सदस्य डार्बिन श्रेष्ठ वडावासीको लोकप्रिय वडा सदस्यको रुपमा चिनिएका छन्। व्यक्तिगत स्वार्थभन्दा धेरैमाथि उठेर वडावासीको सेवामा अहोरात्र लाग्दैआएका वडा सदस्य श्रेष्ठलाई स्थानीयले भावी वडा अध्यक्षको रुपमा पनि परिकल्पना गरिसकेका छन्।

विगत साढे चारबर्षमा वडावासीलाई आफूले अहोरात्र सेवा गरेको यो मूल्यांकन हो भनेर भिजन संसार डटकमसंगको कुराकानीमा वडा सदस्य डार्बिन श्रेष्ठले वताएका छन्। वडावासीको जनमतको कदर गरेर आफ्नो पार्टी नेकपा एमालेले वडा अध्यक्षको टिकट दिएमा निश्चित रुपमा बहुमतव्दारा वडा अध्यक्षमा आगामी निर्वाचनमा जितेर अझ धेरै वडावासीको सेवामा आफू लाग्ने प्रतिबद्धता पनि श्रेष्ठले व्यक्त गरेका छन्।
प्रकाशन मिति–२०७८ साल पुस ४ गते आइतवार ।