काठमाडौ। पाकिस्तानको मर्दान र पेशावरमा शुक्रबार भएको आत्मघाती विस्फोटमा कम्तिमा १८ जनाको मृत्यु भएको छ। विस्फोटमा परी ५७ बढी घाइते भएका छन्। उत्तरी पाकिस्तानको मर्दानस्थित अदालतसहित दुई ठाउँमा भएको आत्मघाती विस्फोटमा १३ जनाको मृत्यु भएको हो। उक्त घटनामा ५७ जना घाइते भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन्।

Pakistan Bom Blast

आक्रमणकारीले अदालत प्रवेश गर्नुअघि हाते डेटोनेटर फ्याँकेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। शुक्रबारै पेशावरको बारसाकस्थित क्रिस्चियन कोलोनीमा चारजना आत्मघातीले आक्रामण गर्न खोज्दा सुरक्षाकर्मीको जवाफी कारबाहीमा मारिएका थिए।

सो घटनामा थप एकजनाको मृत्यु हुनुका साथै अरु पाँचजना घाइते भएका थिए । सुरक्षाकर्मीले पहिल्यै सतर्कता अपनाउँदा ठूलो घटना हुन नपाएको जनाइएको छ। दुबै घटनाको जिम्मा आतंकवादी समूह ‘जमातुल अरहार’ले लिएको छ।
प्रकाशन मिति–२०७३ साल भदौ १७ गते शुक्रबार ।