काठमाडौ। नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा नेपाल आयल निगमले बृद्धि गरेको छ। अमेरिकन डलरको भाउमा बृद्धि भएको कारण देखाएर नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको हो।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मटितेलमा दुई रुपैयाँ बढाइएको छ। हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढाइएको छ।

नयाँ मूल्यअनुसार काठमाडौंमा उपभोक्ताले पेट्रोल १ सय ११ रुपैयाँ, डिजेल र मट्टितेलको ९५ रुपैयाँ तिर्नुपर्ने भएको छ।
प्रकाशन मिति–२०७५ साल भदौ ३ गते आइतवार ।