काठमाडौ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा(प्रकाण्ड)लाई फेरि पक्राउ गरेको छ। बिहीबार दोस्रोपटक अदालत परिसरबाटै प्रकाण्डलाई पक्राउ गरेको हो।

सर्वोच्च अदालतको बिहीबारको आदेशमा रिहा भएलगत्तै प्रहरीले प्रकाण्डलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
नेकपाले भोजपुरमा गराएको बम विष्फोटको घटनामा समेत संलग्न भएकाले प्रकाण्डलाई पक्राउ गरिएको बताइएको छ। अव प्रकाण्डलाई भोजपुर लगेर हिरासतमा राखिनेछ र त्यहीँ नै मुद्दाको प्रक्रिया अघि बढाइने भएको छ।

यसअघि चन्दा असुली अभियोगमा साउन २३ मा पक्राउ परेका प्रकाण्डलाई सर्वोच्च अदालतले छाड्ने आदेश दिएको थियो। रिहा लगत्तै प्रहरीले विश्वकर्मालाई अदालत परिसरबाटै पक्राउ गरी काभ्रेको एक उद्योगमा तोडफोड गरेको घटनामा संलग्न भएको अभियोगमा मुद्दाको प्रक्रिया अघि बढाएको थियो।
प्रकाशन मिति–२०७५ साल भदौ ७ गते विहीवार ।