काठमाडौं। प्रतिष्ठित उद्योगपति रुपज्योति कंसाकार हाजिर जमानीमा रिहा भएका छन्। उद्योगपति ज्योतिका साथमा ज्योतिकी छोरी सुरुचि कंसाकार पनि शुक्रवार रिहा भएकी छन्। उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर नगर्ने निर्णय गरेपछि उनीहरुलाई रिहा गरिएको हो।

ठगीमा परेको भन्दै उजुरी दिने विज्ञेन्द्रकृष्ण मल्लले आफूले पाउनुपर्ने रकम पाइसकेको निवेदन दिएकाले मुद्दा नचलाउने निर्णय गरिएपछि प्रतिष्ठित उद्योपति ज्योति रिहा भएको प्रहरीको भनाई छ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गवाट ज्योति र उनकी छोरी रिहा भएपछि उनीहरुलाई शुभचिन्तकहरुले फूलमाला लगाइदिएर भव्य स्वागत गरेका थिए।

गत कात्तिक २१ गते सिंगापुरबाट काठमाडौं आउनेक्रममा रुपज्योति र उनकी सुरुचीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठगीको आरोपमा पक्राउ गरेको थियो।


प्रकाशन मिति–२०७६ साल कात्तिक २९ गते शुक्रवार ।